आगलागी पीडित परिवारलाई राहत प्रदान
ratopati.com · Mon May 18 16:08:58 GMT 2026

सिरहा । लहान नगरपालिकाले आगलागीबाट घर जलेर पूर्णरूपमा नष्ट भएका परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । गत वैशाख ३० गते लहान–१५ स्थित लाग्राहाका स्थानीय मदन थापामगरको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो।
पीडित परिवारलाई आज नगरप्रमुख महेशप्रसाद चौधरीले विपद् व्यवस्थापनअन्तर्गत आकस्मिक राहत सामग्री हस्तान्तरण गरेका हुन् । राहत वितरण कार्यक्रममा वडा नम्बर १५ का वडाध्यक्ष तेजनारायण चौधरी, वडा सदस्य एवं नगरपालिकाको न्यायिक समिति सदस्य रामकुमारी दासलगायतको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)