मोरङका सुकुम्वासी आन्दोलित, बल प्रयोग नगर्न चेतावनी
annapurnapost.com · Mon May 18 15:58:34 GMT 2026

विराटनगर : काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन्।
विना वैकल्पिक व्यवस्था बस्ती हटाइएको भन्दै उनीहरूले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका हुन्। संयुक्त संघर्ष समिति मोरङको आह्वानमा सोमबार विराटनगरमा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनपछि समितिका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुकुम्वासीमाथि भइरहेको व्यवहार तत्काल रोक्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)