एकदिवसीय विश्वकप: अस्ट्रेलियालाई पराजित गर्दै भारतको विजयी सुरुवात
deshsanchar.com · Sun Oct 08 16:32:34 GMT 2023
एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलिले सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ५२ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्यो।
भारतको जितमा विराट कोहली र केएल राहुलले चौंथो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरे। खराब सुरुवात गरेको भारतले २ रन जोड्दा ३ विकेट गुमाएपनि कोहली र राहुलले सानदार साझेदारी गर्दै भारतको जित पक्का गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)