नेपाली राष्ट्रिय बास्केटबल टोलीको जर्सी सार्वजनिक
hamrokhelkud.com · Thu Jun 11 11:23:26 GMT 2026

नेपाली राष्ट्रिय बास्केटबल टोलीको जर्सी सार्वजनिक
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघ र इन्टरनेसनल स्पोर्टस ब्रान्ड लि-निङ नेपालको आधिकारिक विक्रेता सिटिसीबीच प्रायोजन सम्झौता भएको छ।
आज सिटीसीका सिइओ राजन महर्जन र नेपाल बास्केटबल संघका अध्यक्ष भीम सिंह गुरूङले सम्झौता पत्र हस्तान्तरणसहित आदान प्रदान गरे।
सम्झौता अनुसार बास्केटबलको महिला /पुरुष यु १८ देखि माथिका सबै उमेर समूहदेखि राष्ट्रिय टोलीले खेल्ने सबै अन्तराष्ट्रिय प्रतियोगितामा जर्सी लगायत सम्पुर्ण खेल सामाग्री उपलब्ध गराउनेछ।
एक वर्षमा करिब १० लाख बराबरको जर्सी र खेल सामाग्री उपलब्ध गराउने सिटीसीका सिइओ महर्जनले जानकारी दिए। साथै बिक्री भएको जर्सीको केहि प्रतिशत पनि बास्केटबल संघले पाउनेछ। चार वर्षको सम्झौता पूरा भएपछि आज सम्झौता नविकरण भएको हो।
कार्यक्रममा नेपाली राष्ट्रिय बास्केटबल टोलीले प्रयोग गर्ने रातो, निलो, सेतो जर्सी सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय पुरूष बास्केटबल टोलीका कप्तान सदिश प्रधान, महिला टोलीकी कप्तान अनुषा मल्ल र लिनिङ नेपालकी ब्रान्ड एम्बेसडर राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले जर्सी सार्वजनिक गरे।
यो सहकार्यको लागि लि निङलाई बास्केटबल संघका अध्यक्ष गुरूङले धन्यावाद दिए। सोही कार्यक्रममा अध्यक्ष गुरूङले बास्केटबललाई प्राथमिकतामा नराखेको र कम्तीमा खेल्नको लागि एउटा छाना भएको कोर्ट व्यवस्था गर्न अनुरोध गरे।
राखेप सदस्य सचिव राम चरित्र मेहताले जग्गा खोज्नुस र बाँकी सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै अध्यक्ष गुरूङले सन् २०२६ मा सहभागी हुने विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको जानकारी पनि गराए।
Latest News
जनकपुर बोल्ट्सका मार्की आसिफ रिलिज
June 11, 2026
सचिनको दोहोरो शतक, हेलम्बु र पाँचपोखरी विजयी
June 11, 2026
नेपाली राष्ट्रिय बास्केटबल टोलीको जर्सी सार्वजनिक
June 11, 2026
All Latest News
Popular News
जनकपुर बोल्ट्सका मार्की आसिफ रिलिज
June 11, 2026
नेपाली राष्ट्रिय बास्केटबल टोलीको जर्सी सार्वजनिक
June 11, 2026
राखेप उपाध्यक्ष र सदस्यहरूको पदबाहाली
June 11, 2026
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)
काठमाडौँ