मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विराटनगरमा ‘पोडवे’ को पहल

gorkhapatraonline.com · Fri May 09 23:58:17 GMT 2025

काठमाडौँ, वैशाख २७ गते । कोशी प्रदेशमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता भएको छ । वैशाख १८ र १९ गते कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच सम्झौता भएको हो । ‘पोडवे’ रेल प्रविधिमा आधारित सार्वजनिक यातायातको नवीन साधन हो । पोडवे यन्त्रको सहायताले तारको लिकमा गुड्ने अत्याधुनिक प्रविधि हो । रेलको अत्याधुनिक स्वरूप भएकाले यसलाई सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा लिइन्छ ।

सरकारले २०८० मङ्सिर ७ मा राजपत्रमा सूचना प्रकाशित गरी पोडवे सेवालाई कानुनी मान्यता दिइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)