मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीयले बनाए अस्थायी पुल

gorkhapatraonline.com · Sat Dec 24 00:55:38 GMT 2022

बैतडी, पुस ९ गते । राज्यले चासो नदिएपछि स्थानीयले काठका फलेक राखेर सेती नदीमा अस्थायी पुल निर्माण गरेका छन् । बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङबबिना जोड्ने पुल डेढ वर्षअघिको बाढीले भत्काएको थियो । २०७८ साल कात्तिकमा सेती नदीको बाढीले पुलसँगै स्थानीय १०३ घरपरिवारको जग्गासमेत बगाएको थियो । बाढीपीडितले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । स्थानीय पदम खडायतले पुलको अभावमा स्थानीयवासीको दैनिकी कष्टकर बनेपछि समुदायको अगुवाइमा अस्थायी काठेपुल बनाइएको बताउनुभयो ।

स्थानीयले काठेपुल निर्माण गरे पनि जोखिम भने उत्तिकै बढेको छ । सेती नदीमा स्थानीयले गत वर्ष पनि काठेपुल निर्माण गरेका थिए । पुल तर्दा गत वर्ष डोटीको आदर्श गाउँपालिका–६, गिरीचौकाबाट बैतडीको सिगास गाउँपालिका–७, सङ्डा आउँदै गर्दा पुलबाट खसेर एक किशोरीको मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)