समाज कल्याणको उपाध्यक्षमा मन्त्रीकी बुहारी
ekantipur.com · Wed Dec 08 16:51:06 GMT 2021
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नै बुहारी मोनिका भट्टराईलाई समाज कल्याण परिषद्मा उपाध्यक्ष नियुक्त गरेपछि आलोचना सुरु भएको छ । साताअघि कांग्रेसनिकट लोकतान्त्रिक गैरसरकारी संस्थाहरूको महासंघले मन्त्री रेग्मीलाई भेटेर आफ्नै बुहारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्नु अशोभनीय र स्वार्थपूर्ण काम भएको भन्दै ज्ञापनपत्र नै बुझाएको थियो ।
मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘सुशासन ऐनको दफा ६, ८ र १८ ले सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने व्यक्तिले परिवारका सदस्यलाई सार्वजनिक पदमा नियुक्त गर्ने कुरालाई सार्वजनिक उत्तरदायित्व पूरा गरेको मानिँदैन ।’ महासंघले बुझाएको ज्ञापनपत्रमा नियुक्ति अशोभनीय, सुशासन ऐनको भावना तथा सर्तविपरीत र लोकतान्त्रिक पद्धति प्रतिकूल रहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)