सुनसरीमा सवारी दुर्घटना, एकजनाको मृत्यु
baahrakhari.com · Wed Mar 11 17:21:55 GMT 2026

इनरुवा (सुनसरी) । सुनसरीको कोसी गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र.०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)