नाका नखुल्दा गाउँ छाड्दै लप्चीवासी
ekantipur.com · Sat Sep 16 00:38:25 GMT 2023
दोलखा — चार वर्षदेखि बन्द चिनियाँ नाका खुल्ने संकेत नभएपछि बिगु गाउँपालिका–१ लप्चीका बासिन्दाले गाउँ छाड्न थालेका छन् । नाका नखुल्दा चीनसँग सीमा जोडिएको लप्चीका बासिन्दाको मुख्य आर्थिक स्रोत घिउ र याकका बाच्छा तिब्बती बजार ङ्यालममा लैजान पाएका छैनन् । मुख्य आयस्रोत गुमेपछि वैकल्पिक आम्दानीको खोजीमा स्थानीयले धमाधम गाउँ छाड्न थालेका हुन् ।
२०७२ को भूकम्पपछि केही समय बन्द भएको नाका कूटनीतिक पहलपछि पासको व्यवस्था गरेर सीमावर्ती बासिन्दालाई किनबेचका लागि आउजाउ खुला गरिएको थियो । कोरोना संक्रमणको सुरुवातसँगै ०७६ पुसदेखि पूर्ण रूपमा बन्द नाका अहिलेसम्म खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)