चिनियाँ लगानीको क्लिन पार्कको विरोधमा उत्रियो मञ्च, बुधवार गौरादहमा प्रदर्शन
hamrakura.com · Tue Feb 16 17:19:00 UTC 2021
झापा। दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई उचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको प्रत्याभुती गर्नुपर्ने माग राख्दै संघीय लिम्बुवान मञ्च नेपाल फेरि संघर्षमा उत्रने भएको छ । संघर्षकै क्रममा संघीय लिम्बुवान मञ्च नेपालले बुधबार गौरादह बजारमा जनप्रदर्शन गर्ने भएको छ । सभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । चिनियाँ लगानीमा बन्दै गरेको पार्क पिडितलाई उचित सम्बोधन हुनुपर्ने माग मञ्चले शुरुदेखिनै उठाउँदै आएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले छ बुँदे माग अगाडि सारेको छ । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्कले पिडित बनाएपछि अहिले स्थानिय पीडितहरु आफ्नो माग राख्दै अघी सर्न थालेका छन्। स्थानियहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)