‘रूस र युक्रेन युद्ध रोक्न सहमति नजिक’ : टर्की
ratopati.com
रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ ।’
दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले दाबी गरेका हुन् । चोवाशुग्लू गत साता युक्रेन र रूस दुवै मुलुक पुगेका थिए । युद्धरत दुवै मुलुकसँग टर्कीको बलियो सम्बन्ध छ । टर्कीले नै युद्ध अन्त्य गराउन मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ । गत साता नै टर्कीले युक्रेन र रूसका विदेशमन्त्रीलाई अंकारामा स्वागत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)