न्याभ कपका लागि क्यानसँग सम्झौता
ekantipur.com · Fri Dec 15 16:37:11 GMT 2023
काठमाडौँ — नेपाली समुदायबीच अस्ट्रेलियाको मेलबर्नमा हुँदै आएको न्याभ क्रिकेट कपको १९ औं संस्करणका लागि नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले हालै नेपाली क्रिकेटको सर्वोच्च निकाय (क्यान) सँग सम्झौता गरी तयारी अगाडि बढाएको छ ।
न्याभ कपको आगामी संस्करण जनवरी १७ देखि मार्च १० सम्म आयोजना हुँदै छ र १४ टिमले भाग लिने अनुमान आयोजकको रहेको छ । नेपालीहरूको बाहुल्य रहेको रिजोभरस्थित डोनथ रिजर्भ ओभलमा प्रतियोगिताका खेलहरू हुनेछन् । विगतका न्याभ कपमा नेपालबाट अस्ट्रेलियालाई कर्मथाले बनाउँदै आएका यसवन्त सुवेदी, सागर खड्का, गोविन्द कार्की, सुनम गौतमलगायतले खेल्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)