रुसी सेनामा नेपाली : ‘युद्धमा नगई सुखै छैन’
ekantipur.com · Mon Dec 18 01:04:55 GMT 2023
काठमाडौँ — कान्छो छोरा रुसी सेनामा भर्ती हुन घर छोडेदेखि नै सुरुङ–२, सप्तरीकी ७० वर्षीया गीता बस्नेतलाई चैन थिएन । त्यसमाथि डोनेस्क, युक्रेनमा खटिएका ३२ वर्षीय छोराले पटकपटक गोली खाइरहेको खबरले गीतालाई भोक न प्यास छ । कान्छी बुहारी रेखा त खबर सुनेदेखि नै अर्धचेत छिन् ।
चार वर्षकी छोरी, एक वर्षका छोरा र वृद्धआमा गीताको जिम्मेवारी पत्नी रेखालाई छाडेर सन्तोष बस्नेत साउन ७ मा रुस पुगेका थिए । त्यसको १६ दिनपछि उनी रुसी सेनामा भर्ती भए । त्यसपछि युक्रेनको डोनेस्कमा ६९ दिन सैन्य तालिम लिएपछि ५ पटक युक्रेनविरुद्धको युद्धमा सहभागी भइसकेका छन् । तीन पटक त गोली नै खाइसकेका छन् । अहिले उनी सैन्य क्याम्पमा स्वास्थ्य लाभ गरिरहेका छन् । ‘गोली खाएपछि पूरै आराम गर्न पाएको छैन । अलिअलि खुट्टा टेक्नेबित्तिकै युद्ध लड्न पठाउँदो रहेछ,’ गीताले भनिन्, ‘हामीलाई पीरचिन्ता हुन्छ भनेर छोरो आफैं केही भन्दैन । साथीहरूसँग सोधखोज गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)