सद्गुरु (जग्गी वासुदेव) – एक पिता तथा श्रीमानका रूपमा
livemandu.com · Fri Dec 04 17:20:53 UTC 2020
जग्गी वासुदेव अर्थात् सर्वप्रिय सद्गुरु धेरै मानिसहरुका लागि अत्यन्तै धेरै भूमिकाहरुमा परिचित हुनुहुन्छ – गुरु, रहस्यवादी, योगी, मित्र, ज्ञात तथा अज्ञात, धेरै विषयहरुका लागि एउटा विशिष्ठ सल्लाहकार, कवि, वास्तुशिल्पी… यि लगायत उनका अनेकौं परिचयका आयामहरु छन् । तर वहाँ एक पिता तथा श्रीमान पनि हुनुहुन्छ ।
आध्यात्मिक जागरण अनुभवको दुई वर्ष पछि, उनको भेट उनको धर्मपत्नी विजयकुमारीसँग भयो, विजयकुमारीलाई स्नेहले ‘विज्जी’ नामले बोलाइन्छ । दुवैको पहिलो भेट, भारतको कर्नाटक राज्यस्थित मैसूरमा एक खानपानको कार्यक्रमका क्रममा भएको थियो जहाँ सद्गुरु एक अतिथिका रूपमा उपस्थित थिए । यसपछि दुवै बीच केही समयका लागि अत्यन्तै हार्दिक पत्रहरुको आदान-प्रदान भयो । सन् १९८४ को महाशिवरात्रीको शुभ अवसरमा, सद्गुरुले विज्जीसँग लगनगाँठो कस्नुभयो । सद्गुरुको योग कक्षाको दिनचर्या अत्यन्तै व्यस्ततातर्फ अघि बढिरहेको थियो । त्यतीखेर सद्गुरु विभिन्न कार्यक्रमका आयोजनका लागि दक्षिण भारतको कुनाकाप्चाको यात्रामा व्यस्त रहनुहुन्थ्यो । वहाँको धर्मपत्नी विज्जी एक बैंकमा काम गर्नुहुन्थ्यो, वहाँ पनि समय मिलेसम्म प्रायः कार्यक्रमहरुमा आफूले दिनसक्ने सहयोगका लागि सद्गुरुको मोटरसाइकलमा सँगै बसेर यात्रा गर्नुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)