युभेन्टसकाे जितमा राेनाल्डाेकाे नयाँ रेकर्ड
neplays.com · Wed May 12 23:36:37 GMT 2021
पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए मा नयाँ इतिहास बनाएका छन । बुधबार राति भएको खेलमा सासुओलोविरुद्ध तीन एकको जित निकाल्दा रोनाल्डोले रेकर्ड बनाएका छन ।
रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पुरा गर्ने रेकर्ड बनाएका हुन । घरेलु मैदानमा भएको खेलको २८ औं मिनेटमा राबियोटको गोलमा युभेन्टसले अग्रता बनाएका थिए । त्यसपछि ४५ औं मिनेटमा रोनाल्डोले टिमको अन्तर दुई शुन्यमा पुरयाए । त्यो गोल उनको सिरी ए मा एक सयौं गोल भएको हो । सासुओलोका लागि ५९ औं मिनेटमा अन्तर कम गरेका थिए । उसका लागि ५९ औं मिनेटमा रास्पदोरीले गोल गरेका थिए । तर ६६ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई तीन एकको जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)