मोबाइलको गुणस्तरमा सुधार आएको छ
abhiyandaily.com
नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको कुरा स्वाभाविक हो । पहिलेको तुलनामा नेपाल टेलिकमको मोबाइलमा व्यापक सुधार आएको छ । अहिले देखिएको समस्या हल गर्न हामीले पनि पहल गरिरहेका छौं । हामीले समय समयमा यस विषयमा उहाँहरूलाई सचेत गराएका छौं । कुनै पनि कुरा नाटकीय रूपमा एकैपटक समाप्त हुँदैन । त्यसका लागि समय लाग्छ । नेपाल टेलिकमले पनि बिस्तारै बिस्तारै आफ्नो सेवामा सुधार ल्याएको छ । सेवाको गुणस्तर सम्बन्धमा हामीले निश्चित मापदण्ड निर्धारण गरका छौं । नेपाल दूरसञ्चार संस्थान हामीले बनाएको मापदण्डमा चलिरहेको छ । नेपाल टेलिकमका सम्बन्धित व्यक्तिहरूले आफ्नो सेवामा समस्या आएको कुरा स्वीकार गरेका छन् । अहिल्यै कारबाही गरिहाल्नुपर्ने अवस्था छैन । कारबाही गर्ने भनेको उसको सेवा बन्द गर्नु हैन । उसलाई सम्झाएर गुणस्तर कायम गराउन सक्नु नै सबैभन्दा ठूलो कारबाही हो ।
नेपाल टेलिकम अहिले ‘अप्टिमाइजेशन’को क्रममा छ । यसले पनि सुधारको संकेत गर्छ । साथै यसै विषयमा सेडाले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । हामी अहिले प्रतिवेदनको अध्ययन गरिरहका छौं । प्रतिवेदनले पनि टेलिकम पहिलेको तुलनामा आएको सुधारकै कुरा उठाएको छ । नेपाल दूरसञ्चार प्राधिकरण मोबाइल सेवामा आइपर्ने समस्या समाधान गरेर गुणस्तरीय सेवा स्थापना गराउन लागिपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)