जर्मनीलाई २-० ले हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा
Ujyaaloonline.com · Tue Jun 29 18:07:23 GMT 2021
काठमाण्डौ - जर्मनीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७५ औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । त्यसपछि ८६ औँ मिनेटमा हेरी केनले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)