मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामपुरमा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदै

deshsanchar.com · Wed Mar 05 23:08:15 GMT 2025

रामपुर (पाल्पा)- जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए।

उनका अनुसार रु एक करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको छ । उद्यान क्षेत्रमा दुई हजार ७८६ वर्गमिटर पदमार्ग तयार पारिनेछ । पानीको फोहोरासहित विभिन्न प्रजातिका फूलको बगैँचा, दुईवटा चौतारी, चारैतिर घेराबारसहितको उद्यान निर्माण हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)