समाजको चिन्तन बदलिन जरुरी
rajdhanidaily.com · Wed Nov 01 23:39:24 GMT 2023
अहिले नेपाली समाज पैसाका लागि तछाड मछाड गरेर लागेको छ । पैसा भनेपछि महादेवका पनि तीन नेत्र भनेझैं धन आर्जनको गर्न हरेक क्षेत्रका पेसेवर मानिसले साम, दाम, दण्ड, भेदका अनेक उपायहरू अपनाएको देखिन्छ । पैसा कमाउनकै लागि व्यापारीले कृत्रिम अभावको सिर्जना गर्ने, मिसावट गर्ने, कर्मचारी र राजनीतिक क्षेत्रमा व्याप्त भ्रष्टाचार, कमिसन, तस्कर, बिचौलिया, आदि इत्यादिजस्ता कार्यहरू हुने गरेका समाचार आउने गरेका छन् । यसो हुनुमा मुख्य गरेर दुईवटा कारणले काम गरेको छ । एउटा कारण देशमा विधिको शासन कमजोर भएकाले भ्रष्टाचार बढेको छ भने अर्को कारण धन आर्जन गरेपछि सामाजिक हैसियत बढ्ने मनोविज्ञानले पनि त्यत्तिकै जरा गाडेको देखिन्छ । समाजको यस्तो भौतिकवादी चिन्तन बदलिन जरुरी छ ।
अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा नेपाली समाजमा जेजसरी भए पनि धनआर्जन गरेकाहरूले आपूmलाई अरूभन्दा फरक वा सफल व्यक्तिका रूपमा चित्रण गरेको पाइन्छ । नवधनाड्य घर, गाडी, बंैक ब्यालेन्स, सुटेड, बुटेड् सुकिला, मुकिला हुने र आपूm अरूभन्दा फरक वा ठुलो मान्छे भएको आत्मरतिमा रमाएको देखिन्छ । भ्रष्टाचार गरेर होस् वा दलाली, अरूलाई ठगेर होस् वा देशको ढुकटी दुरूपयोग गरेर पैसा कमाए पछि समाजमा ऊ अरू भुइँमान्छेभन्दा निकै माथि भएको अनुभूति गर्न थाल्दछ । यसो हुनुको पछाडि भुइँमान्छे भनिएको जमातले मेहनत गरेर धन कमाउनेहरू र भ्रष्टाचार, दलाली वा ठगी गरेर धन कमाउनेबीच फरक छुट्याउन नसक्नु हो । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने र मेहनत गरेर धन कमाउनेलाई इज्जत गर्ने सामाजिक चेतनाको विकास नभएसम्म समाजमा पैसाको धाक लगाउनेहरूको जमात रही नै रहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)