हड्तालको विरोधमा उत्रिए विद्यार्थी
nepalghatana.com · Thu Feb 04 17:58:08 UTC 2021
धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको हड्तालको विरोध गरेका छन् । ‘विद्यालय खुला गर, शान्ति क्षेत्रमा अशान्ति फैलाउन पाइँदैन, विद्यार्थीले पढ्न पाउने मौलिक हक कायम गर’लगायत विभिन्न नारासहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
आम हड्तालले आफूहरुको पढाई प्रभावित भएको भन्दै विरोधमा उत्रिएको उनीहरुले बताएका छन् । क्याम्पसको गेटदेखि निकालेको विरोध ¥याली क्याम्पस रोड हुँदै क्याम्पस मुख्य चोकमा कोणसभामा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)