अरुण तेस्रो, फास्ट-ट्रयाक र एमसीसी : महत्त्वपूर्ण आयोजना, अतिरञ्जित बहस
ekantipur.com · Tue Sep 21 16:21:00 GMT 2021
करिब २४५ वर्ष पहिले पृथ्वीनारायण शाहले स–साना राज्यहरू एकीकरण गरेर सेना, मुद्रा, सरकार भएको देश नेपालीहरूलाई छोडेर गए । त्यति बेला धेरै देश विकासका दृष्टिले नेपालजस्तै थिए । यसबीच अरू देशले भौतिक विकासमा निकै फड्को मारे, नेपाल भने राजनीतिक अस्थिरता, कमजोर कार्यान्वयन प्रणाली, दृष्टिकोणविहीन नेतृत्वको हातमा पुगेकाले र पुरातनवादी साँघुरो राष्ट्रवादी चिन्तनलगायतका कारण अगाडि बढ्न सकेन ।
देशलाई समुन्नतिको मार्गमा लैजाने ठूलो जिम्मेवारी शासक, नीतिनिर्माता, प्रशासक, नागरिक समाजका विभिन्न घटकको हुन्छ, तर तीमध्ये अधिकांशले समयोचित दिशानिर्देश गर्न सकेनन् । देश ठूला पूर्वाधारको विकासमा भन्दा हल्लैहल्लाका पछि लागिरह्यो । विकासको अविकास भयो, हल्लाको द्रुत विकास भयो । बहुदल प्राप्तिपछि भएका चारवटा ठूला पूर्वाधार विकाससम्बन्धी बहसले यो प्रवृत्तिलाई पुष्टि गर्छन्, जसबारे यहाँ चर्चा गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)