कैलाली जिल्ला अदालतको फैसला उल्टियो, सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैद
livemandu.com · Fri Dec 18 18:06:22 UTC 2020
काठमाडौं । उच्च अदालत दीपायलले टीकापुर घटनाको मुद्दाबारे कैलाली जिल्ला अदालतको फैसलालाई उल्टाइदिएको छ । विहीबार ९हिजो० उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त घटना सम्बन्धी मुद्दाको सुनुवाई गर्दै ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरुसमेत दोषी ठहर गर्दै उच्च अदालत दिपायलले कैद सजाय थप गरेको हो । अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)