बर्सेनि साढे २ करोड खर्चंदा पनि घटेन कुपोषण
ekantipur.com · Sat Jan 27 01:33:57 GMT 2024
बुटवल — लुम्बिनी प्रदेशमा कुपोषणग्रस्त बालबालिकाको संख्या नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको छ । सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न हरेक वर्ष करोडौं रकम खर्च गर्ने गरे पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन ।
लुम्बिनीमा पछिल्ला तीन वर्षको तथ्यांकले पोषण सुधारको अवस्था नाजुक देखाएको छ । प्रदेश र संघीय सरकारले बालबालिकामा ख्याउटेपन, पुड्कोपन र कम तौलको अवस्था सुधार गर्न हरेक वर्ष २ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । लुम्बिनीमा सुआहारा, युनिसेफलगायतका गैरसकारी संस्थाले पनि पोषण सुधारका लागि कार्यक्रम गरिरहेका छन् । तर, कुपोषणग्रस्त बालबालिकाको संख्या हरेक वर्ष बढ्दो छ । गत वर्ष मात्र कुपोषणकै कारण ७ बालबालिकाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष लुम्बिनी प्रदेशका १२ मध्ये ६ जिल्लाका ७ जनाको मृत्यु भएको हो । बाँकेमा २ जना, बर्दिया, कपिलवस्तु, प्यूठान, रोल्पा र पश्चिम नवलपरासीमा एक/एक जनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)