सतर्क रहनुहोलाः “तपाईलाई रु. २५ लाखको चिठ्ठा परेको छ” भन्दै IMO को प्रयोगगरी ठगी गर्ने २ जना पक्राउ
livemandu.com · Thu Sep 24 17:48:10 UTC 2020
काठमाण्डौ, ८ आश्विन, २०७७ । सामाजिक सञ्जाल इमो (IMO) को प्रयोग गरी ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला, बिराटनगर वडा नं. ११ बस्ने २७ वर्षका साहिल हुसेन अन्सारी तथा मोरङ, बिराटनगर वडा नं. ९ का २७ वर्षिय कामेश्वर स्वर्णकार रहेका छन् ।
दुवैले “तपाईलाई IMO APPs मा रु.२५,००,०००।–(पच्चिस लाख) को चिठ्ठा (Lottery) परेको छ” भनि झुक्याउँदै आएका थिए । कथित चिठ्ठामा उल्लेखित रकम दावी गर्न नेपाली नागरिकताको प्रतिलिपी एवं बैंकको खाता नम्वर समेत मागी चिठ्ठा परे बापतको निश्चित रकम राज्यलाई कर तिर्नु पर्ने र तिर्नु पर्ने कर वापतको रकम IME मार्फत मोरङ पठाई दिनु पर्यो भनि पटक पटक फोन गरेका थिए । साथै फोन गर्नेले चिठ्ठा परेको विषयमा प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा चिठ्ठामा परेको रकम पठाउन नसक्ने भन्दै पटक पटक सतर्क गराउँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)