काठमाडौंको बोशीगाउँस्थित कपास उद्योगमा भीषण आगलागी
setopati.com · Wed Feb 03 17:47:00 UTC 2021
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० बोशीगाउँस्थित कपास उद्योगमा भीषण आगलागी भएको छ। बुधबार राति करिब १० बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग, बलम्बुका असई रोसन पोखरेलले जानकारी दिए।
काभ्रेको बनेपा घर भई सो ठाउँमा बस्दै आएका नवीन श्रेष्ठको सत्य-साई कपास उद्योगमा आगलागी भएको हो। उद्योगको मेसिनमा जडान गरिएको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको असई पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)