मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै

rajdhanidaily.com · Mon Mar 21 23:19:46 GMT 2022

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् । यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाङ उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीनदिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ थाओसहित सात जनाको टोली आउने तयारी भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)