मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्‌मा अर्थमन्त्री वाग्ले : मैले बदमासी गरे पद त्याग्छु, तपाईँहरूका काण्ड पनि छन्

nepalviews.com · Thu Jun 11 12:12:57 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् ।

उनले भने ,‘एक दुईटा खोस्टाले लेखे, दुई अर्बको आशंका भनेर । दुई अर्ब होइन । दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न तयार छु । यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंहरूका काण्डबारे अनविज्ञ हो र ? ती पनि खुल्नेछन् ।’

उनले सुशासनको निर्मम ऐजेन्डा लिएर अघि बढेको भन्दै सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा नै धोका दिन नसक्ने दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)