पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
newsofnepal.com · Fri Mar 25 00:32:26 GMT 2022
तनहुँ ।
तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको बिहीबारको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोही मुद्दामा मतियारका रूपमा रहेका शाहका म्यानेजर भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । जोशी बिहीबार साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)