ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
baahrakhari.com · Fri Sep 25 17:45:00 UTC 2020
चितवन । चितवनमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ बस्ने पुरेन्द्र गिरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार शुक्रबार राति ९ बजेर ५० मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख १३६४ नं.को ट्रकले विपरीत दिशाबाट गइरहेको ना ६४ प ८३६३ नं. को मोटरसाइकलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)