के मोबाइलको प्रयोगले क्यान्सर हुन सक्छ ?
farakdhar.com · Thu Dec 24 18:00:43 UTC 2020
तपाईको मोबाइल फोनबाट निस्कने रेडियसनले मानव शरीरमा कति नकारात्मक असर गर्छ ? यो रेडियसनबाट ट्यूमर हुने खतरा छ ? यसबाट कसरी बच्न सकिन्छ ? यी प्रश्नहरुमा वैज्ञानिकहरुले वर्षौदेखि खोज गरिरहेका छन् । तर अहिले सम्म कुनै गतिलो जवाफ पत्ता लाग्न सकेको छैन । तर केही कुराभने पत्ता लागेको छ । रेडियो फ्रिक्वेन्सी वेब नन् आइवोनाइजेसन रेडियसन हो ।
जुन एक्स–रे र अल्ट्राभाइलेट रेडियसनको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र अल्ट्राभ्वाइलेट रेडियसनले हाम्रो डिएनएमा भएको केमिकल ब्रान्डलाई तोड्ने क्षमता राख्छ । अमेरिकन क्यान्सर सोसाइटीले रेडियसनबाट दिमाग र घाँटीमा ट्युमर हुन सक्ने सम्भावना कति छ भन्ने बारे अनुसन्धान गरिरहेको छ । सोसाइटीका अनुसार फोनबाट निस्कने रेडियसनमा हाम्रो डिएनए बदल्न सक्ने क्षमता हुँदैन । त्यसैले मोबाइलको रेडियसनबाट कसरी क्यान्सर जस्तो रोग उत्पन्न हुन्छ ? अहिले सम्म पुष्टि भइसकेको छैन । कुन फोनबाट धेरै रेडियसन निस्कन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)