असार रोज्यो अन्तिम संस्कारले
rajdhanidaily.com · Wed May 03 23:23:52 GMT 2023
काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ले प्रदर्शनका लागि असार महिना रोजेको छ । यो चलचित्र ८ असारबाट देशव्यापी रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रको फर्स्ट लुक्स (पोस्टर) सार्वजनिकसहित रिलिज मिति घोषणा गरिएको हो । चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रलाई समेटिएको छ । यो चलचित्रमा अभिनेता विजय लामासँगै दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनलगायतको शीर्ष अभिनय छ । साथमा श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आइशा तामाङ, सुरज खालिङलगायतको पनि चलचित्रमा अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)