म्यानमारको सेनाले सूकीमाथि लगायो फेरि अर्को आरोप, हिरासतको समय लम्बिने संकेत
ratopati.com
एजेन्सी । म्यानमारकी अपदस्थ नेतृ आङ सान सूकीको हिरासतको समयावधि बुधबारसम्म बढाइएको छ । योसँगै उनीमाथि नयाँ आरोप पनि लगाइएको छ । म्यानमारका कानुनविदहरुका अनुसार सूकीमाथि लगाइएको नयाँ आरोपअनुसार उनलाई अनिश्चितकालका लागि हिरासतमा लिने सम्भावना बढेको छ । मंगलबार अदालतमा न्यायाधीशहरुसँगको बैठकपछि सूकीका वकिलले भने, ‘सर्वोच्च नेता सूकी माथि प्राकृतिक आपत व्यवस्थापन ऐनको धारा २५ उल्लंघन गरेको आरोप लगाइएको छ ।
यो कोरोना महामारीका बेला लकडाउन तोड्ने व्यक्तिहरुलाई मुद्धा चलाउन प्रयोग गरिन्छ ।’ म्यानमारमा कोरोना प्रोटोकल उल्लंघन गरेमा अधिकतमा तीन वर्षको सजायको प्रावधान रहेको छ । तर त्यहाँ अहिले सेनाले सजाय संहितामा परिवर्तन गरेको छ । सजाय संहितामा परिवर्तन गरिसकेपछि पुलिसले कसैलाई पनि अदालतको अनुमति बिना अनिश्चितकालम्म हिरासतमा लिन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)