बागलुङको बाढिपहिरो पीडितको लागि एनआरएनएको ५ लाख सहयोग
baahrakhari.com · Thu Sep 10 16:40:00 UTC 2020
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा केही दिनअघि गएको भिषण बाढीपहिरोका पीडितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ लाख रूपैयाँ सहयोग दिने भएको छ ।
विश्वभर छरिएका बागलुङेहरुको बिहीबार साँझ आयोजना गरेको भर्चुअल अन्तर्कियामा संघका महासचिव डा. हेम राज शर्माले उक्त रकम सहयोगको घोषणा गरेका हुन् । महासचिव शर्माले पीडितहरूको सहयोगका लागि सिड मनीको रुपमा ५ लाख रुपैयाँको सहयोग घोषणा गर्दै संघका राष्ट्रिय समिति (एनसीसी) मार्फत अन्य सहयोगको लागि आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)