मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण

ekantipur.com · Fri Jul 28 00:55:08 GMT 2023

काठमाडौँ — सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ औं दिनमा सफल आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले विश्व कीर्तिमान राखेका छन् । काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार यो जोडीले बिहीबार बिहान विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण गरेलगत्तै उक्त रेकर्ड राखेको हो ।

गत वैशाख १३ मा ८ हजार २७ मिटर उचाइको चिनियाँ हिमाल सिसापाङबाट ‘सबैभन्दा छोटो समयको आरोहण यात्रा’ थालेका यी दुईले ९२ औं दिनमा ८ हजार मिटरभन्दा उचाइका विश्वका १४ हिमालको सफल आरोहण गरेका हुन् । यसअघि उक्त रेकर्ड निर्मल पुर्जाको नाममा थियो । उनले ६ महिना ६ दिन लगाएर ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरी २०७७ माघमा बनाएको उक्त रेकर्डलाई शेर्पा र हरिलाको जोडीले ९२ दिनमै उछिनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)