मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

ratopati.com · Wed Mar 11 23:21:02 GMT 2026

म्याग्दी । वारि भाइरल रत्ने चौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् । यी दुवै गाउँलाई जोड्ने ढोडेनी खोला माथि बनेको ३८८ मिटर लामो झोलुङ्गे पुल स्थानीयको सुविधाको माध्यम त बनेको छ नै पर्यटकीय आकर्षणको केन्द्र समेत बन्दै गएको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्ने चौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर लम्बाइ तथा १७० मिटर उचाइ भएको यो झोलुङ्गे पुलमा रमाई प्राकृतिक दृश्यावलोकन गर्न म्याग्दीको रत्ने चौर र बागलुङको पञ्चकोट तथा कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आएका पर्यटकहरू आउने गरेका रत्नेचौरका सुशीला भण्डारीले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)