लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य
annapurnapost.com · Thu Jun 11 12:15:31 GMT 2026

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर (प्राविधिक सेवा प्रदायक) बीच नेपालका साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्। यस सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको हुनुपर्नेछ। साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)