युरोपेली च्याम्पियन्स लिग : आर्सनल पोर्टोसँग पराजित
ekantipur.com · Thu Feb 22 00:49:42 GMT 2024
काठमाडौँ — गालेन्कोले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोल मदतले पोर्टोले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बुधबार आर्सनललाई १–० ले हराएको ।
खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ब्राजिली खेलाडीले उत्कृष्ट व्यक्तिगत गोल गरेका हुन् । खेलमा आर्सनलले प्रभुत्व रहे पनि गोल भने निकाल्न सकेन् । अब आर्सनलसामु इमिरेट्समा हुने दोस्रो लेगको खेलमा यो हारलाई उल्टाउने अवसर हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)