अछाममा मतदाता नामावली सङ्कलन कार्य सुरु हुँदै
dcnepal.com · Wed Dec 01 16:43:21 GMT 2021
काठमाडौं ।अछाममा मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर अछाममा पनि फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएको हो । जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो ।
मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए । दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहने बताइएको छ । ६ गाउँपालिका र ४ नगरपालिका सहित १० स्थानीय तह रहेको अछाममा पहिलो चरणमा मंसिर १७ गते देखि मङ्सिर २६ गते सम्म जिल्लाका कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिकामा सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)