निजी स्कुलको नरोकिँदो शोषण
ekantipur.com · Mon Apr 22 21:46:44 UTC 2024
शिक्षा जीवनको उज्यालो ज्योति, ज्ञानको मार्ग, चेतनाका लागि अपरिहार्य आवश्यकता । बाआमा, ठूलाबडा सबैले सधैं भन्दै आएको र दसैंमा आशिष पाउँदा पनि बारम्बार सुनिने शब्दावली— ‘धेरै पढ्नू’ । तर अब सन्तान पढाउन र ठूलो मान्छे बनाउन देखेको सपना कतै सपनामै सीमित हुने त होइन भन्ने चिन्ताले अधिकांश अभिभावक त्रसित छन् । स्कुलहरूको मनोमानी, हेपाहा प्रवृत्ति, चर्को शुल्क आदिले अभिभावकहरू बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगिसकेका छन् ।
सरकारी स्कुल नभएका त होइनन्, तर तिनको दुर्दशा कसैबाट लुकेको छैन । गुणस्तरीय शिक्षा दिनेभन्दा पनि नेता, जिल्ला शिक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी, पैसा र शक्ति भएकाहरूका श्रीमती र आफन्त भर्ती केन्द्र बनेका छन् सरकारी स्कुलहरू । राजनीतिका कारण भर्ती भएका धेरैजसो क्षमताविहीन शिक्षकले कसरी पढाउन सक्छन् ? त्यस्ता शिक्षकबाट स्तरीय पढाइको आशा गर्नु बेकार हुन्छ । त्यही भएर जसरी भए पनि अभिभावकले निजी स्कुलकै भर पर्नुपर्ने बाध्यता छ । र, अभिभावकको यो बाध्यता बुझेका निजी स्कुलले तिनलाई गर्नसम्म शोषण गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)