पश्चाताप गरेर आए ओलीलाई स्वागत गर्न तयार छौं : प्रचण्ड
onlinekhabar.com · Tue Dec 22 17:36:03 UTC 2020
केन्द्रीय कमिटीको दोस्रो बैठक हामीले गत माघ महिनाको दोस्रो र तेस्रो हप्तामा सम्पन्न गरेका थियौं । सबैलाई स्मरण होला, त्यो बैठक पार्टी एकता भएपछिको एउटा साँचो अर्थको अर्थपूर्ण, सार्थक र सामूहिक विवेकको प्रयोगद्वारा सही निष्कर्ष निकाल्ने मञ्चका रुपमा सफल भएको थियो । कमरेडहरुलाई लाग्यो कि अब पार्टी बन्ने भयो, त्यस्तो सन्देश दिएको थियो ।
आज ११ महिनापछि हामी केन्द्रीय समितिको यो तेस्रो बैठकमा उपस्थित छौं । तेस्रो बैठकमा आउँदा परिस्थिति नितान्त भिन्न भएको छ । दोस्रो बैठकजस्तो छैन अहिलेको अवस्था । आज पार्टीको एउटा पक्ष, समूह भनौं या एउटा गुटले नाम यही राखेर, तर अर्कै पार्टी दर्ता गर्न निर्वाचन आयोगमा गएको समाचार भर्खरै हामीले हेर्यौं ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)