साझा पार्टीको अध्यक्षमा बाँस्कोटा चयन
nepaltvonline.com · Sat Feb 11 23:50:54 GMT 2023
काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)