दुई हजार विद्यालय भवन र साढे १४ सय सूचना प्रविधि ल्याब निर्माण हुँदै
nayapatrikadaily.com · Mon Oct 17 00:30:00 GMT 2022
विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम प्रभावकारी नभएपछि शिक्षा विकास तथा समन्वय केन्द्रले यसपालि समयमै आठ अर्ब २७ करोड निकासा गरेको छ । कार्यक्रमअन्तर्गत दुई हजार २० विद्यालय भवन र एक हजार चार सय ५५ सूचना, सञ्चार प्रविधि (आइसिटी) ल्याब निर्माणका लागि असोजभित्रै बजेट निकासा गरेको हो ।
भवन र आइसिटी निर्माणबाट साढे चार हजार विद्यालय लाभान्वित हुनेछन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्र अधिकारीले दुईकोठे एक हजार १५ र चारकोठे एक हजार पाँच भवन तथा एक हजार चार सय ५५ आइसिटी निर्माणका लागि बजेट स्थानीय तहमार्फत विद्यालयमा पुर्याउन निकासा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)