जलेकै भवन रंग्याएर उच्च अदालतको सेवा
ekantipur.com · Sat Nov 01 17:44:28 GMT 2025

विराटनगर — भदौ २४ मा प्रदर्शनकारीकाे आगजनीबाट विराटनगरस्थित उच्च अदालतका भवन, मुख्य न्यायाधीशको क्वार्टर, अतिथि गृह र इजलास अधिकृतको कार्यकक्षमा रहेका न्यायिक इतिहासका अमूल्य अभिलेख जलेर खरानी बनेका छन् । अहिले जलेको भवन रंग्याएर उच्च अदालतको सेवा दिन सुरु गरेको छ ।
अदालतका सूचना अधिकारी सन्तोष पोखरेलका अनुसार आगजनीबाट २०१० सालदेखि संरक्षणमा राखिएका सबै अभिलेख पूर्ण रूपमा नष्ट भएका छन् । उनले भने, ‘पुराना मुद्दाका इतिहास, नागरिकका जग्गाधनी कागज, नजिर र फैसलासमेत खरानी बने ।’ अभिलेख शाखामा मात्रै ३ हजार २ सय ३४ मिसिल पूर्ण रूपमा नष्ट भएका छन् भने १ हजार ४ सय मिसिल मात्र जोगिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)