मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिंकर सडक बनाउँदै सेना

ekantipur.com · Fri Aug 20 00:54:34 GMT 2021

दार्चुला — दार्चुला–टिंकर सडकको माथिल्लो खण्डमा नेपाली सेनाले आउने साताबाट ट्य्राक खन्ने भएको छ । गत वर्ष सरकारले कोठेधारदेखि टिंकर भन्ज्याङसम्मको सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।

व्यास गाउँपालिका–२ स्थित कोठेधार र दुम्लिङबाट काम सुरु गर्न लागेको सेनाले जनाएको छ । सर्भेको काम सेनाले गत वर्ष नै सकेको हो । ‘कोठेधारदेखि माथिल्लो क्षेत्रमा सर्भे गर्दा ७४ किलोमिटर सेनाले निर्माण गर्नुपर्ने देखिएको छ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, ‘डीपीआर रिपोर्ट आइसकेको छ, अब निर्माण थाल्छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)