अन्तिम क्षणको गोलमा पीएसजीको रोमाञ्चक जित
ratopati.com · Sat Nov 01 18:08:00 GMT 2025
पेरिस । फ्रेन्च लिग-१ फुटबलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले नाइसविरुद्ध अन्तिम क्षणमा गोल गर्दै रोमाञ्चक जित हात पारेको छ। शनिबार राति भएको खेलमा पीएसजीले गोनकालो रामोसको इन्जुरी समयको पाँचौँ मिनेटमा आएको गोलको मद्दतले नाइसलाई १-० ले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पनि दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। तर खेलको अन्तिम क्षणमा रामोसले निर्णायक गोल गर्दै घरेलु टोलीलाई तीन अङ्क दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)