पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरे
nepalghatana.com · Thu Nov 17 15:01:22 GMT 2022
काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरि नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि योपटक आफू घण्टाघर चुनाव चिह्न लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।
काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यसपटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छट्पटी बढेको दाबी गर्दै आफू नै जनताको साझा उम्मेदवार भएको दाबी समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)