मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट कटौतीसँगै तिलाबे खोलामा बेली ब्रिज निर्माण अनिश्चित

ekantipur.com · Sat Nov 01 18:12:09 GMT 2025

पर्सा — विनियोजन भइसकेको बजेट कटौती भएपछि चालु आवमा निर्माण हुने पक्का भएको गण्डक नहरस्थित तिलाबे खोलाको बेली ब्रिज यस वर्ष पनि निर्माण नहुने भएको छ । जेन–जी आन्दोलनपछि सरकारले अधिकांश योजनाको बजेट कटौती गरेको र त्यसमा यो पुलको बजेट पनि परेको हो ।

संघीय सरकारले यो पुल निर्माणका लागि चालु आवमा तीन करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसपछि नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जले त्यसका लागि टेण्डर आह्वानसमेत गरिसकेको थियो । तर जेन–जी आन्दोलनपछि ठेक्का रोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)