पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा सेवा रोकिन सक्ने
karobardaily.com · Mon Oct 19 17:45:58 UTC 2020
सरकारले ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई नै दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २६ असोजमा बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन कात्तिक ३० गते आइतबार मध्यरातसम्मका लागि स्थगित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए । तर १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)