पोखराबाट दुबई उडानको टिकट बुकिङ खुल्यो
ratopati.com · Thu Jun 11 12:40:32 GMT 2026

पोखरा । फ्लाइ दुबईले पोखरा–दुबई उडानको अनुमति पाएसँगै टिकट बुकिङ खुला गरेको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि बुकिङ खुला गरिएको हो ।
३ वर्षअघि सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान प्रभावकारी बनाउन सकेको थिएन । हिमालय एयरलाइन्सले पोखरा–ल्हासा १ वर्ष उडाएपछि घाटा लागेको भन्दै बन्द गरेको छ । २०२५ को मार्चदेखि २०२६ को मार्चसम्म उडाएर उक्त रुटमा उडान बन्द भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)