मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रदेश बजेटमा बेथिति

annapurnapost.com · Thu Jul 22 05:34:00 GMT 2021

संविधानमा जेठ १५ मै बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ। आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति रोक्न यो व्यवस्था राखिएको हो। पहिले नयाँ आर्थिक वर्षका लागि चालु असार मसान्तमा बजेट ल्याउँदा विभिन्न प्रक्रियाका कारण आर्थिक वर्षको अन्त्यमा मात्र विकास खर्च हुने प्रवृत्ति थियो। अहिले यो व्यवस्था संविधानमा राखे पनि असारे विकासको प्रवृत्ति रोकिएको छैन। तहको त परको कुरा प्रदेश र केन्द्र सरकारले नै असार सकिन लाग्दा असारे विकासका लागि बजेट पठाएको भेटिन्छ। सो बजेट सक्न हिलो र वर्षात्मै काम गर्दा विकास निर्माणको काम गुणस्तर त हुँदैन नै, करोडौं रकम पनि पानीमा बग्छ।

काम गर्ने समयमा चासो नदिने र समय सकिँदै जाँदा रकम खर्च गर्ने प्रवृत्ति अझै छ। संघीयतासँगै यो क्रममा केही सुधार हुने अपेक्षा थियो। तर, सुधारको साटो प्रदेश र तहले पनि पहिलेकै समस्यालाई पालेको भेटिन्छ। प्रदेश २ र सुदुरपश्चिम प्रदेश यसका उदाहरण हुन्। सुदुरपश्चिम प्रदेश सरकारले भदौदेखि असारसम्म नपठाएको बजेट असार ७ गते मात्रै रामारोसन गाउँपालिकाका लागि पठायो। झन्डै तीन करोडका ५० योजनामा विविध शीर्षकबाट बजेट आयो। असारको भेलमा ती योजनाहरू केही सम्पन्न भए भने केही कागजमा मात्रै पूरा भए। स्थानीय जनप्रतिनिधिले यो बजेट खर्च गर्न नसक्ने बताए पनि धेरै बजेट हिलो र पानी माथि पोखियो। पछिल्लो समय आएको योजना कतै पनि गुणस्तर छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)